Jump to content

Page:Shakuntala.pdf/94

From Nepali Proofreaders
Revision as of 02:41, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता । दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥ उरोज मृदु उप्सिने मधुरता नयाँ भावका । झरे वनविषे परे अन शकुन्तलामा पनि ॥ (रर) जहाँ पिक छ प्रशनमा हृदयभित्र '...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता । दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥ उरोज मृदु उप्सिने मधुरता नयाँ भावका ।

झरे वनविषे परे अन शकुन्तलामा पनि ॥ (रर) जहाँ पिक छ प्रशनमा हृदयभित्र 'को हो ?' भनी ।

जहाँ मृदुल पालुवा मदनको छ पर्दा धनी ॥ प्रसून सपना बनी छ मधु दी लिँदो भुन्भुनी ! विहार वनमा गरी अब फुलिन्‌ फुकी कामिनी ॥

(२४)

बनी रुचिरयौवनी सकलरङ्ग राम्रा बनी ।

कपोल कुसुमै बनी सुमन रङ्ग भै रोशनी ॥

क्रङ्गनयनी यिनी ललितता लताकी बनी ।

बनिन्‌ विपिन झैं धनी मदनमोहिनी मोहनी ॥

(२५)

कथाहरु पुराणका विपिन गर्दछन्‌ वर्णन । प्रफुल्ल

लहरा

जहाँ

हरहरा

हवा

हर्दछन्‌ ॥

अनन्त रुचि-रङ्गिनी मदनमोहिनी मोहिनी । स्वरूप छ र कृ्‌ष्णजी तल भरे कि झैं छन्‌ यिनी ॥

(स् सुरेख मृदु अङ्ग छन्‌ वश अनन्त आफैं हुने ।

बनी भजन भूङ्गको हृदयले सुधा नै लिने॥

शशी रवि दुवै हुने नजरमा नयाँ रोशनी । हुने मरण

नै, मजा

पयरमाथि छाती धरी ॥

(२७)

कहाँ प्रकृत साधु छन्‌ ? हठ र योगका भक्त ती।

नजान्नु गिरिजापति प्रकृति हाय कस्तो गति ॥

अमानव छ शून्यता नजरमा न रोमाञ्च छ। छ साधु मकनै उही जुन अगाडि सत्‌ जादु छ॥ (२५)