सफेद कर काँच झै सकल मूलका काममा । झिलीमिलि रँगाउँछन् कुसुमकालका रङ्गमा ॥ सबै किरणकामना हृदयका बनी भावना । तिनै किरणपोषमा मधुर तोष हालीकन ॥ नशाभर सुरा भरी रँग र रूपमा माधुरी । प्रकाशन प्रयत्नमा अधर हानिदिन्छन् हरि ॥ 0७)
छ जो अमित ब्रह्मको निज अनन्त आनन्दिता । त्यही प्रथम भावको स्फुरणमा लिई स्पन्दता ॥ सुगन्धसरि बन्द भै कुसुम-कुड्मल-स्वप्नमा । अनन्त मृदु ओठ ली छ कि वसन्त विस्तारमा ॥ (१८)
अनोल पनि बोल भै अचलसम्म नै दोल भै। सुधामघुर घोल भै भ्रमर-जीवका मोल भै॥ फुली सृजनपुष्प झैं प्रथम प्रातमा खातमा ।
सिके कुसुमले कि यी विपिनबीच फुल्ने कला ?
(१२)
झरेर तरुनोपना हरितरङ्ग बल्दो घना । छुँदो सब मुना कुना नित नवीन टूना भरी ॥ विहङ्गम गला गरी मधुर वेणु झैँ मोहन । जगत् छ कि बनाउँदो नित नवीन वृन्दावन ॥
(२०) कि रागहरु रङ्गिँदै मधुरका मिही तानमा । हरा मनहरा कतै अरुण रुष्ट भावादिमा ॥
बनी रँग विभिन्नता छिरबिराउँछन् के यता । चलूँ मृदु झूनूँ फुलूँ रव गर्छ भने झै कता ॥
(२१)
चरा छ जसको कुरा अनि छ रोगन नै हरा । छ पुष्प मधुरो शिरा किसलया५५धरा हृदूहरा ॥ छ राज्य जसको हरा कुसुम-वल्लरीमन्दिरा ।
हरा छ मृदु बिस्तरा, वन छ बैंसकी अप्सरा ॥ (रर)