Jump to content

Page:Shakuntala.pdf/80

From Nepali Proofreaders
Revision as of 02:41, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "त्यस्ती जुहार घरमा हँसिली हुनाले । टूनासमान छविदार गयो अँधेरी ॥ दारिद्वय नै घन भयो र कुनेर हाँसे । लक्ष्मी बसिन्‌ अब मिलेर सरस्वतीमा ॥ (४०) ती गौतमी पनि बनी जननी तिनैकी । शिक्षा अमूल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

त्यस्ती जुहार घरमा हँसिली हुनाले । टूनासमान छविदार गयो अँधेरी ॥ दारिद्वय नै घन भयो र कुनेर हाँसे ।

लक्ष्मी बसिन्‌ अब मिलेर सरस्वतीमा ॥ (४०) ती गौतमी पनि बनी जननी तिनैकी । शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥ मीठा प्रभावहरुका अब आज पाई । छन्‌ मस्त, गीत रसिला उसमा सुनाई ॥ (४१)

मारेर सुस्त ठुँग्‌ मस्त हुँदी ठिटीका । मुद्रा मुनासरि सुकोमल केशमाथि ॥ ती बाललाइ पृथिवी जननी बनेर ।

बूढी नुटुक्कसँग फूल बनाइलिन्थिन्‌ ॥ (र)

राम्रा कथाहरु सुनी क्रषि कण्वबाट । राम्रो लिएर शिशुचाल रमाइलोले ॥ ती कल्पनासरि भइन्‌ रसिली सजीव ।

देखेर झल्ल सब जो आ्राषि थोर देख्थे ॥ (४२) यौटा थियो घरबिषे मृग सानु बच्चा ।

कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥ बढ्दै गएर दुइ साथ बसेर वार्ता । गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥

(४४) तारा विभातहरुका सरि एकली भै।

एकान्तमा मृदुमुखी पनि हाँसिदिन्थिन्‌ ॥ यौटा प्रभा सुनहला तब विश्वमित्र ।

स्वप्नासमान नव जागृत बन्न जान्ध्यो॥ (४५)