त्यो खहरे...म शान्त विपिन-प्रसून प्रचुर ।
म महासागर जो पचाउँछ अनलराशि,
प्रशान्त, बेतृफान, क्रोध अस्बस्थ देवत्व हो ।
क्रोष्ले मर्छन् अमर... अक्रोधले जिउँछन् नित्य
दयाले बलिया हुन्छन् । कोमलताका करले
भेट्टाउँछन् कूलिश, अस्वाभाविक त्यो च्याँठ
अघर्म्म हो, अमर्म्म हो, अकर्म हो सुरको ।
नादान जिउसको कराऔ पतन, महापतन !
क्रान्ति अमर होस्, क्रान्ति अमर, क्रान्ति अमर ।
चिच्याओ, नदनाओ स्वर, आत्माको त्यो सार ।
बोल सय, बोल हजार, बोल पारावार,
कान्ति अमर, अमर क्रान्ति, क्रान्ति अमर ।
(२८)
"ठोक् ए, पिटिउँ-सुनको तवक रुलफ्लञुल ।
घौटद् ए-मसिनिउँ-लोहाधार असल
पिस् रै आगो जो छ सुतेको फिलिक्िक्रिल ।
काट् रे ब्नुला अटूट, फार् रे ब्नुँला अफार,
छाती उघार्-हीरा देखाउँला जग-दुगमा
पानीदार, अबल, रुलरूल । जा लैजा कारा
तारा चंकेला, छंकेला दुगहीन निशामा कर ।
भर् तुषार प्रवासको उरमा सेतो भाल् घ्रौव ।
वसन्तमा उम्रैलान्, रोपिरहेका बीज अमर ।
घर् घर् कृत्ता स्वर्गको । घर्, धर्, घर्, घरघर
घरा छन् जसका शासनमा, मानवमाता,
जल्दी उरमा हरहर हरहर, रे कुत्ता घर्, घर
(२९)
"तँले दिएका दंड आनत्द...शूलहरू फूल ।
जति फार्छस्, उति उक्लौंला । जति हान्छस्, उति सूक्ष्म ।
आह शहीदको शोक, मौत बीरको घोर मजा !
अन्धकारमा हीरा बने कोयला, थिचिई ।
तेरा अत्याचारहरू हाम्रा सुनखानी, हीराखानी ।
निस्पट्ट अन्धकारमा पढ्नेछौं बीरका अक्षर ।
अब्ारलाई बार् ए पागल, अनिवार निवार् शठ ।
ए कालो चट्टान ! चूर, चूर हुनेछस् एक दिन,
सागर सागरका रुपेटाले, चटलट, करकर,
सूर्यानलले खाने छ तेरो लौह शासन, चर् ।
बोल हो मानव, फझरोस्, फरोस्, गिरोस् । जिउस् द्यौको ।
Page:Prometheus.pdf/64
Appearance
This page has not been proofread
