“त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन् ?” भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन् ॥
ती देख्छिन् सपना बनाइ निपना छायासितै जूनको ।
"रानी भन्न सुयोग्य छौ” जन सुनिन् भस्किन् पुगेझै कहाँ ॥ (२९)
“ती राजा अब आउँछन् सखि यहाँ गर्छन् बिहा छाँटले ।
तिम्रा साथ शकुन्तला, अनि तिमी रानी बनी सुन्दरी ॥
छाना नै सुनको,
जुहारहरुको
प्रासादमा
सुन्दर ।
बस्नेछथौ सखि ! चाकरी सब गरी लिन्छौ नुभयौ चामर॥”
भन्थिन् ती प्रिय बात मिष्ट रसिला बोल्ने ठिटी साधकी । “जाङ धुत्त नकच्चरी” यति भनी फर्किन् परी सुन्दरी ॥
(३०)
“जा चारु तिमी त आरुसरि छभौ तीतो बियाँकी गुदी ।
जे जे आउँछ चित्तमा भनिदियो ! खै हेर ! तिम्रो गिदी ॥
गर्दै गर्दिनँ है बिहा म त सधैं कन्या बनी बस्दछ् ।” भन्दै
ठुस्स
परी
विहङ्गसँगिनी
(३१)
तर्केर
फर्कीदिइन् ॥
न्ीसो वायु हरा प्रशाख तरुमा लाग्यो गरी सिर्सिरी । च्नीसो श्वाससमान त्यो विपिनको आयो बढी सर्सरी ॥
ठण्डा भो अमृतप्रकाश तटमा आनन्दको पावन । उठ्छन् ती अब
बालिका घर हिँडूँ भन्ने गरी भावना॥
(३र) (मालिनी)
यतिपछि हिँडिहाले ती उज्याला मुहार ।
पयर प्रकृतचाला नृत्य गर्दा समान ॥ तरुवरमनि राम्रा जूनले भासमान । छिरबिर भुइँ-बुट्टा राहमा झल्मलिन्थ्यो ॥ (३२)