Jump to content

Page:Laxmi nibandhasangraha.pdf/160

From Nepali Proofreaders
Revision as of 17:46, 5 June 2025 by Srv (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

पण्डित लेखनाथ पौड्यालको विषयमा

प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र प्रतिभाको निकेतन छ। मलाई एक-दुई बाजि त्यहाँ जाने सौभाग्य मिलेको थियो। त्यस ठाउँमा जाँदा मलाई सादापनसँग मिलेको प्राचीनतामा र पवित्रताको वातावरणमा पुगेजस्तो लाग्यो । मलाई धेरै दिनदेखि दर्शन गर्नको अभिलाषा भएको हुनाले हो कि अथवा कल्पनामा मोहनी ज्यादा जमेर हो कि, त्यहाँनेर कतातिर कविताको मधुर कञ्ज छ भन्ने मनमा धारण गर्दथे; तर मैले कता हो केही याद पाएको थिइनँ । मलाई त्यो ठाउँ फेला पार्दा नवीन प्राप्तिको मजा लाग्यो, कुनै मामूली आँखालाई ज्यादा औपन्यासिकता केही देखिंदैनथ्यो । तब त्यहाँ थियो नेपाली प्रथम प्रतिभाको वासस्थान ! केही ऊँचा जग्गामा अलि पारिलो, मानौं गौंयलीहरू त्यहाँनेर चिरीबिरी गर्न आउँछन्‌ । मैले यसो यताउति हेरेँ त्यहाँ अरू विशेष थिएन । केही वृक्षहरू नजीकै थिए तर शायद तिनैका हाँगामा आउने र रङ्गीन पखेरुहरूको सन्देश पनि हामीलाई दिव्य आनन्द र उपदेशको मोल भएका चीज थिए । यहाँबाट पनि नीला पहाडहरू टाढा थिएनन्‌, तिनकै छायामनि बसेर मानवआत्मालाई सुन्दरका भावहरू खँदिलो पार्ने सम्भावना थियो । मलाई हाम्रा उत्तम प्रतिभाको मुहार कस्तो होला भन्ने सधैं विद्यार्थी नवयुवकमा हुने चाख छँदै थियो । म भित्र पसें ।

दाढीवाल साठीनेरको हँसमुखा रसिलो फरासिलो देख्तैमा ब्राह्मणको चन्दनप्रिय मूर्तिले मलाई बाँकेघरको पूर्वपट्टिको सानो-सानो नेपाली ढङ्गको कोठीबाट स्वागत गर्यो। उनको गालामा एउटा कोठीप्रधान चिह्न थियो । दुब्ला-दुन्ला अग्ला-अग्ला र पोशाकभन्दा आध्यात्मिक बिषयमा ज्यादा ध्यान राख्नेजस्ता प्राचीनका स्पष्टतया पुजारी, धोती र