उषा उज्र्याली घनकेशवाली । सुवर्णवातायनबीच बत्ती ॥ बाली, जसै “स्वागत अंशुमाली ।” भन्थिन, हवाभित्र सुगन्ध हाली ॥ भन्थिन् तिनी 'स्वर्ग खुल्यो मुमाको ।” गुलाफबारीहरुको सुगन्ध ॥ सुँघेर बग्दी सुनमा सुगन्ध । फो)
(वसन्ततिलका) ऐनासमान हलपी जलतुल्य साफ । निष्पाप
शुद्ध
दिलमा
नभएर
ताप ॥
आनन्दको
सुन
सुगन्ध
लिएर
भल्की॥
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग । पर)
नालासमान तिनका पद नृत्य गर्छन् । चाञ्चल्यको सरल सुन्दरता लिएर ॥ जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई ।
,फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥
पर)
जादूनिकेतनसमान समस्त विश्व । आनन्दकी छ जसको गहिरो रहस्य ॥
जो रूपरङ्गहरुको छ अनन्त टूना ।
त्यो बालनिम्ति छ अरू सन दुख भन्छन् ॥ (१४)
जो साधुले भजिरहे युगसम्म लाखौं । जो भाव दुर्गम सधैँ छ सरस्वतीको ॥ जो भोग्छ ईशपति बाल बनेर आई । त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ ॥ ५५)