तरबार कटार खुँडा खुक्री । पिसतोल र बन्दुक सम्म भिरी ॥ अति श्र र वीर भरी नगरी । छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥ रिस राग कपट छल छैन जहाँ । तव धर्म कती छ कती छ अहाँ ॥ पशुका पति छन् र्खवारि गरी । शिवकी प्रि कान्तिप॒री नगरी ॥५॥ कवि भानुभक्तजीको डेरा लगनूटोलमा धर्मदत्त ज्योतिषीका घरमा भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित धेरै भयो, जो हाल मखन्टोलामा अञ्तक् छँदै छन् । धर्मदत्त सुब्बा ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान् पो छ रम्घामा कवि भानुभक्तको एक् जग्गा थियो, तेसै खेत्को साँध एक् गिरिधारी भाटका खेत्सित थियो । ई दुवै खेत्का बीचमा एक खोलो थियो । अकस्मात् एक् वर्ष खोलाले भानुभक्तको खेत् खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्यो । तिनूताकका ऐनबमोजिम् गिरिधारीको भोग् पाको हो, पछि ४५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत् बेहिसाब् मिच्यो र भानुभक्तले ऐनबमोजिम् खोलाले छाडेको बंगर १४ वर्ष आनादी गरी भोग् गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग् गर्यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक- घ्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो सेल्पनि । घस्का झैल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥ ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ । मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्छ पाङ पर्याँ ॥१॥ न यस् श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन् पाइयाका छैनन् ।
Page:Kavi bhanubhaktako jivancharitra.pdf/21
Appearance