मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा ।
बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा त्रषि ॥
(३५) वल्ली बेह्टिन गै रँगी कुसुमले राम्रो थियो झोपडी ।
सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥ छाएको खरले बिहङ्गस्वरले मीठो हवा शीतल ।
पाएको वनबाट, घाम कलिलौ ओढेर न्यानो गरी ॥ (३६)
हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी । हिल्थे केशर वुक्षका वरिपरी 'आफ' भने झैं गरी ॥ "को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली । चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा ॥
(३७)
दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले। छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा ॥
हीराका चय विश्ववन्द् रवि जो हुन् पद्मिनीवल्लभ ।
लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥ (३५)
“ल्याएँ यी ललिताङ्गिनी मुसमुसे मुन्द्रे परी-बालिका । आविष्कार
सुगन्धका पवनकी
वन्य प्रभा स्वर्गकी ॥
स्वप्ना झै वनको प्रसूनवदनी, कल्लोलकी केलि थी ।
विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥” (३९)
यस्ता शब्द सुनेर भै चकित ती चम्किन् त्यहाँ गौतमी ।
ठद्टासाथ भनिन् “थिई कि त कुनै प्यारी रखौटी परी ?
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी । आफैंले तपको गरी निहुँ कतै ज्ञन्मिन् कि यी बालिका ?” (४०)