This page has not been proofread
षष्ठ सर्ग खग्विणी) मेनका हेर्दथिन् भावले सुन्दरी ।
बालिकालाइ
ती
मालिनीतीरमा ॥
आउँथे प्रेरणा दिव्य आनन्दका । चन्द्रका रशिममा स्वर्गदेखिन् झरी ॥ १)
घामको उष्णता चम्किँदा मुस्किने । फूलका मुस्मुसे शान्त जादूहरू ॥ चक्षुमा बालको पस्दथे सुस्तरी ।
ओठ
आनन्दले
(२)
सुस्त
मुस्काउन ॥
रङ्गका वस्त्रमा बास मग्मग् भरी ।
रेशमी पातला पुष्पका शानले॥ दक्षिणी वायुको राहमा डाकिने । गुन्गुने गानका पङ्ख छन् भृङ्ग ती ॥ (२)
आउँथे झुण्ड भै वल्लरीमा सजी ।
पुष्प पीयूषको एक गोला त्यहाँ ॥ पुष्पका स्नायुका चाँदनीका सुधा । तप्त तप्काउँथै ओठमा बालको ॥
(४)