This page has been proofread
हेलम्बूको गुम्बा
कहालिन्को खम्बा
ह्लामा गरी जम्बा
पठाऊ लानलाई ।
नत्र लूनीलाई कोयली आर्को छैन !
नत्र लूनी फूलफूल गल्छिन् बन्दै मैन
नत्र यिनको मनमा हुने छैन छैन ।"
(११)
आए लामा डोले
ल्याम्बो झ्याम्बो डोले
झापन झल्लर खोले
ह्लासा शहरमा ।
आए डोली झापन
'जिन्जी' 'आन्जा' लाई
हेलम्बूको बाटो
पहिलो पहरमा ।
(१२)
लागे लामा डोले
ल्याम्बो झ्याम्बो डोले, ह्लामा उकाली
लहर लहर लामा
किश्ती सरजाम काँधमा उचाली ।
(१३)
लामो लामो बाटो
ढुङ्गा बगरको ।