Jump to content

Page:Shakuntala.pdf/373

From Nepali Proofreaders
This page has not been proofread

० गीछाती चिरेर यदि दर्द सबै हुना ।
रोला जगत्‌ सब लिएर आँसु ॥
छु प्रेमको हृदयको गहिरो पिपासु ।
यो रङ्ग त्याग करुणा ! यति भन्छ आँसु ॥"
(५९)

यस्तै गरेर दुद्द साथ सदै नसेका ।
देखेर दर्शक सबै दृगमा रुझेका ॥
केही उज्यालिन गए सब भै प्रसन्न ।
ती भेटघाटहरुने, दुइ देख्न घन्य ॥
(६०)

गर्छन्‌ दुवै हृदयको गहिरो सह्टानी ।
सारा लिएर गहमा सुखसाथ पानी ॥
गद्गद्‌ बनेर दिल क्यै अब सुँक्क सुँक्क ।
ह्न्चन्‌ त्यहाँ प्रणयको गतिले छुनाले ॥
(६१)

खो प्रेमको गति विचित्र छ सो बुझेर ।
छाया मिलेर दिल मानवमा अनौठा ॥
रुन्छन्‌ सबै प्रकृत रोदनले खुशीको ।
ती दिव्य दिव्य क्षणका छवि फझल्किनाले ॥
(६२)

दोटै उठे अब पुछीकन आँसुधारा ।
ती साच साथ अब कपका कटीमा ॥
लाग्छन्‌ पछाडि अनि राजकमारचाहिँ ।
आश्चर्यसाध जननी -मुखतर्फ हेर्छन्‌ ॥
(६३)

क्राषि अगाडि गईकन ती दुई ।
प्रणत छन्‌ करजोरी खडा भई ॥
खुद्लिईकन केषा मुहारका ।
घवलएमश्वु थिए अतितेजिला ॥
(६४)