खुल्छन् कुनै वसनमा सब रङ्गका नै ।
छन् चन्द्रलाद् महिमा धन कृष्णरङ्ग
ती दुःखलाइ पनि चारु सिंगार पारी ।
भज्थिन् टिपी कसुम निर्सिदिने मुरारि
(३५)
चाञ्चल्य-शून्य अघिको छरितोपना नै ।
नाला बनी अन नदी गहिरीपनाले
ती नृत्य भाव तटमा अन चट्ट नाँधी ।
लिन्थ्यो गभीर गति स्वर्ग लिने रेँगाई
(३६)
जानेर दुःख-सुख केवल हो परीक्षा ।
भन्ने, लिएर त्रषिको अति दिव्य शिक्षा
श्रीकृष्णको भजनमा मन पूर्ण लाई ।
स्वामी उनैकन नुभझी रहेँदी यहाँ यी
(३७)
त्यो चोट भित्र दिलको कहिले उठेर ।
बिभथ्यो चसक्क दिल सत्यर पगिलिएर
रुन्थ्यो वसन्त वनमा, जन कोइलीले ।
'को हो' भनेर नचिनेसरि बोलिदिन्थ्यो
(३८)
ती आज पुष्पवनमा नहुँदी विषाद ।
यौटा झलक्क मनमा परबाट याद
चम्केर, चारु वनको हरियो विवाह ।
आँखा रसाउन तयार थिइन् अथाह
(३९)
बेला यही सखि कुनै दगुरेर आई ।
"दुष्यन्तको अन्न सवारि भयो, मलाई
के के दिने ? अब कनूल ननिर्स नानी !
बन्दा समस्त पृथिवीकन एक रानी ॥"
(४०)
Page:Shakuntala.pdf/369
Appearance
This page has not been proofread
