Jump to content

Page:Shakuntala.pdf/368

From Nepali Proofreaders
This page has not been proofread

"हात बाबुको मात्र निर्भय-
साथ टिप्न त्यो बाजु सक्दप्यो ॥
नत्र सर्प भै मृत्यु डस्दध्यो ।
चकित नन्नुको यो रहस्य हो ॥"
(२९)

यस्तै हुँदा खबर शीघ उडेर आयो ।
टिप्थिन्‌ जहाँ मृदुमुखी वनका कुनामा ॥
पूजा निमित्त प्रभुको कलिला प्रसून ।
आँखा भरी सरसतासित सम्झनाले ॥
(३०)

त्यो करता हृदयमा पहिले गरुङ्गो ।
छाती किचेर दिनरात उदास पार्ने ॥
बन्थ्यो सुकोमल सिँगारसमान सारा ।
लागैर ईश्वरतिरै दिलबाट धारा ॥
(३१)

सौन्दर्यमा मृदुलता रसिला धपेकी ।
मानो प्रसून मुरभाउनदेखि बच्ची ॥
आँखा भई करुण आँसु अनेक झारी ।
साँचेर प्राण रहँदी प्रिय आश-धारी ॥
(३२)

श्रीकृष्णको स्मरणले दुखबाट काँढा ।
सारा झिकी मृदुल चित्त बुझाउँदी ती ॥
रुन्थिन्‌ तथापि मनको मनमै हमेशा ।
हे कृ्‌ष्ण सम्झ प्रभु दीन अनाथ' भन्दी ।
(३३)

आशा समान पृथिवीकन प्राणदायी ।
छोरो थियो र त्यसमा जिउँदी अडाई ॥
ती प्राण दुःखमय सुन्दरता रुँदी ती ।
छन्‌ मूर्ति दिव्य तपकी सरि गेरु लाई ॥
(३४)