यस्ता ज्योति अनेक रङ्गहरुका फ्ल्की उडी नन्दछन् ।
लाखौं चीज अनेक रङ्गहरुका आश्चर्य जो बन्दछन् ॥
पृथ्वीमा, प्रतिनिम्बि ती तर त्यसै व्यर्धै भए नन्दछन् ।
आँखा मर्त्य र विष्णु देख्न नसकी अन्धा सबै बन्दछन् ॥
(२१४)
यस्तो सिर्जन -दृश्यवाद झरिगो पर्दा र नाचे नटी ।
स्वर्वेश्याहरु फेरि त्यो महलमा भझीना नचार कटी ॥
कोही छंखम निर्भरी बनिगए कोही बने निम्नगा ।
वल्लीतुल्य अरू, कनै कसुम झै कोही शशी -वृत्तगा ॥
(२१५)
यस्तो नृत्य सकेर सुन्दर यहाँ फुस्रो हने वर्णन ।
फर्के बागतिरै दुवै नृपति ती आनन्द पारी मन ॥
यौटी दिव्य ठिटी क्रङ्गनयनी छडूके गरी दर्शन ।
द्ष्यन्त प्रभुको मुहारतिरकी बन्दी प्रशंसा धन ॥
(२१६)
सम्झी झट्ट शकन्तला नयनले "को हो" भनी सत्त्यर ।
हेरी शान्त भए थिएन त्यसमा त्यो प्रेम टूना तर ॥
के जित्थे स्रदेशका लघुपुरी त्यो मोहनी सुन्दर ।
निर्से तैपनि त्यो वियोग अघिको ती स्वर्गमा भै तर ॥
(२१७)
प्रशासा गरी नृत्यका बात धेर ।
गरी फर्किए भूप हाम्रा नुहेर ॥
निदा भेगए आइहाल्यो विमान ।
झ-यो त्यो धरातर्फ गाएर गान ॥
(२१८)
परीले सबै गान गाएर हेरे !
झरे फूल माला त्यहाँ धेर बेर ॥
दशाराहरू गर्दथे देववर्ग ।
निदा गर्दथ्यो पुष्पको वृष्टि स्वर्ग ॥
(२१९)
Page:Shakuntala.pdf/358
Appearance
This page has not been proofread
