भन्दा झसङ्ग "कसरी" सित चारु आँखा ।
आएँचर्यले विपुल, लाउनकी चनाखा ॥
"सम्झे" भनेर रसिली गह शीघ्र बन्छिन् ।
"कस्तो गिज्याउनु" भनी तर शीघ्र इन्छिन् ॥
(४१)
वत्तान्त त्यो विपिनको नृपको सुनेर ।
पुछुदी नुही ढलकले दुइ दीर्घ कोस ॥
गम्भीर भाव रसिली मृदु शीघ रोकी ।
भन्छिन् कथा "सकल झूट बनोटहोकि ?"
(४२)
विश्वास फेरि सखिले दिलमा दिनाले ।
आकाशतर्फ दिइ दृष्टि कृतज्ञताने ॥
"हा कृष्ण ! सम्झनुभयो" यतिसाथ सुस्त ।
गम्भीर चालसँग ती सख्चिसाथ लागिन् ॥
(४३)
छोटो थिएन तर पाउ खुशी खरीतो ।
ती मन्द मन्द मृदु छन्द सुगन्धवाह ॥
सन्देशको गतिसँगै गहिरो विषाद !
लाई सिँगारसरि दर्शन गर्न आइन् ॥
(४४)
ती गेरुकी मृदुमुखी रसिलो प्रसून ।
वैलेर आधि जिउँदी जलबाट जस्ती ।
नौली बनेर स्कमारपना गभीर ।
आइन् सुकोमल-दृशी गहिरी भएर ।
(४५)
हेरी दुवै क्षणभरी दुइ मूर्ति जस्ता ।
छन् गिल्पको करुणभाव उज्यालिएर ।
फुक्दी यता मृदुमुखी रसिली बनेर ।
हेर्दा उता विरहका पछुताउ हेर
(४६)
Page:Shakuntala.pdf/370
Appearance
This page has not been proofread
