This page has not been proofread
चतुर्विंशतितम सर्ग
न्यानो कोमलता लिएर रविले फारेर हस्सूहरू ।
सेतो प्रोज्ज्वलता बनी झिलिमिली पार्थ कणाका तरु ॥
हावा मन्द थियो वसन्त वनको शोभा हरा मग्मग ।
शीत श्वासित बाससाथ मनमा ब्यूँझाउँध्यो कल्पना ॥
(१)
डुल्दै शीतल कञ्जमा प्रकृतिको बाटो घुमौरो लिई ।
ओर्ले कश्यपका कृटीतिर तिनी बास्ना मजाको पिई ॥
हावा त्यो सुख झै सुशीतल सफा त्यो शान्तिको शासन ।
पाई चित्त प्रसन्न भो नृपतिको देखी तपस्या-वन ॥
(२)
ओर्ले जान्छु भनेर कश्यपकहाँ त्यो जङ्गली राहमा ।
पातै मग्मग वासका बह थिए हाँगा नयाँ आशमा ॥
पुछे जीव बिहानका गगनका गन्धर्व रङ्गीनका ।
मीठा शब्द थिए अनेक वनमा बोल्ने नयाँ पल्लव ॥
(३)
हाँगै चुर्बुरिने मृदु स्वरहरू जादू जगत्का सरि ।
नौला ढङ्ग मिठासले तरुभरी नन्धे रँगी छिर्निरी ॥
मौनो फूल उडेसमान खगका बोल्थे पखेटाहरू ।
गानाकी नव देशमा मृदु कुराका दिव्य जादूहरू ॥
(४)