Jump to content

Page:Ritubichar.pdf/8

From Nepali Proofreaders
Revision as of 11:34, 24 May 2025 by Rbn (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

१६
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब ।
विवेक ज्योतिले शुद्ध विद्या-तुल्य बनिन् अब ॥

१७
हजारौँ-मुख भै निस्के लता-वृक्षाऽऽदि हालमा ।
लयाऽवस्था बितायेका जीव झैँ सृष्टि-कालमा ॥

१८
आँकुरा, पिपिरा, साना, काइना, चिउला, टुसा ।
निस्के झपक्क सर्वत्र साह्रै कलकलाउँदा ॥

१९
समाते सूर्यले फेरि उत्तराऽऽकाशको गति ।
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति ?

२०
दिनमा दीर्घता आयो रातले लघुता लियो ।
ऋतु-राजत्वको सच्चा योग्यता स्पष्ट देखियो ॥

२१
दीपका बीचमा मैलाे धूवाँ झैँ गुप्त भैकन ।
अलिअलि चढेको छ दिनमा धमिलो-पन ॥

२२
जुन जीवनको भाग रातको दिनमा सर्‍यो ।
उसैले दिनको कान्ति पक्का केही फिका गर्‍यो ॥

२३
ऋतु-नायकले घाम मन्दै गर्ने लिई सुर ।
तुवाँलोको मिही पर्दा लगायो कि सबै-तिर !!

२४
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना ।
देखिन्छन् प्रमदा-तुल्य लज्जाले विनताऽऽनन ॥