Jump to content

Page:Ritubichar.pdf/42

From Nepali Proofreaders
Revision as of 19:55, 20 May 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread
अथ
शरद्-विचार


गयो बहाड वर्षाको, खडा भो रसिलो शरद् ।
अर्कै स्वरूपमा निस्क्यो कविको कल्पना जगत् ॥


निस्के घन-घटा फोरी देखाई भरिलो छवि ।
अविद्या-जाल तोडेको इलमी राष्ट्र झैं रवि ॥


धेरै कालपछी मिल्दा मित्र-दर्शनको सुख ।
डुब्यो आनन्दमा लोक लगाई हँसिलो मुख ॥


लोकोपकारमा खर्ची अनन्त जल-सम्पति ।
मनस्वी धीर झैं मेध बन्यो शान्त मुनि-व्रती ॥


कहाँ कालो कडा कान्ति, कहाँ गर्जन-तर्जन ।
मेघले जलका साथै त्यागेछ सब दुर्गुण ॥


परोपकार-व्रतले गलेका मेघ पावन ।
प्रतिपच्चन्द्र-रेखा झैं देखिन्छन् मन-मोहन ॥