Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/261

From Nepali Proofreaders
Revision as of 11:53, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(४)
बगाइ चौतर्फि सुधार-धारा
धोयो पखाल्यो पशुभाव सारा
उद्‌बुद्ध त्यो उज्ज्वल आर्यजाति
फुक्तै गयो जागृतिको खलाँती

(५)
ओडारको वा वनको निवास
विकासको हेतु बन्यो र खा
मस्तिष्कको कोष शनैः फुकायो
आर्यत्वको तत्त्व निगूढ पायो

(६)
प्रपञ्जको भासक सत्य सत्ता
समाधिका साथ लगाइ पत्ता
त्यो गद्‌गदाऽऽकार बन्यो र फेरि
क्यै घोरियो जीवन-लक्ष्य हेरी

(७)
यो विश्वको केन्द्र महेन्द्र-धाम
त्यस्को नियन्ता परिपूर्ण राम
जस्ले मनोमन्दिरमा निहार्यो
सर्व शिवं शान्तमिदं पुकार्यो