Jump to content

Page:Shakuntala.pdf/32

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सुन सफा दुनिर्याौतिर आउँदी । अब त्यहाँ मुनियाँ वनकी कथा ॥ कति फुरुक्क फरक्क उ फर्किई । मधुर शब्द सुनाउन निर्सिई ॥ (४५) किनकि ती कनकाभ सुकालमा । मधुरपड्ख चलीकन गाउँथिन्‌ ॥ सद्‌ृश गाउ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सुन सफा दुनिर्याौतिर आउँदी ।

अब त्यहाँ मुनियाँ वनकी कथा ॥ कति फुरुक्क फरक्क उ फर्किई ।

मधुर शब्द सुनाउन निर्सिई ॥ (४५) किनकि ती कनकाभ सुकालमा । मधुरपड्ख चलीकन गाउँथिन्‌ ॥ सद्‌ृश गाउँछ स्वर्णचरो दिन । जलघि चुम्बनलाइ उडी पर ॥ (४६)

अविदिता सुषमा सुरदेशकी ।

श्रवषणमा मनको मृदु मर्मरी ॥ तुहिन हेम हुँदा गिरि कानन-

तिर सुदूर झरेसरि निर्भर ॥ मधुर पड्ख प्रचारण गर्दछिन्‌ । जब धरातिर ती तल भर्दछिन्‌ ॥ (४७)

नव अलौकिक वाद्यहरू भरी ।

नसुनिने मृदुल स्वर-मञ्जरी ॥ कवि ननेर सुनेसरि बागमा । मृदुलको कुसुमाकर आउँदा ॥ (श्द)

म त अहो अग बढ्न कठोर भो । मृदुलका सन शब्द मिलन्‌ कहाँ ॥

वदन दृश्य भई अब लेखनी | लटमुखासरि हेर्दछ मोहनी ॥ (४९)