Jump to content

Page:Shakuntala.pdf/31

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सुखद दृश्य मनोहर देखियो । घर, पुरी, वन, शैल, नदीभरी ॥ सकल सूक्ष्म सुरूप लिने गरी । अलि अलौकिक नव्य छ माधुरी ॥ (३९) गिरि ब्ने.गज झैं वन रोम झै। बाजुर हैम शिवालयमन्दिर ॥ सकल छन्‌ पुतली शिश...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सुखद दृश्य मनोहर देखियो ।

घर, पुरी, वन, शैल, नदीभरी ॥ सकल सूक्ष्म सुरूप लिने गरी ।

अलि अलौकिक नव्य छ माधुरी ॥ (३९)

गिरि ब्ने.गज झैं वन रोम झै। बाजुर हैम शिवालयमन्दिर ॥ सकल छन्‌ पुतली शिशुको सरि । सलिलका पथ छन्‌ मृदुरेखित ॥ (४०)

शहर छन्‌ सब अल्प मनोहर ।

मधुपका घर झैं बहुखण्डका ॥ सडकका पनि सूत्र विचित्रका । अवनिका पटमा तनु तानिने ॥

वन छ

(४१)

मिर्मिर दूर भईकन ।

सब छ अल्प

मोहनी ॥

अनि कतै कुइरो क्ष र्म छ। सब नताउन सक्तिन लेखनी ॥ (र)

अवनिका सुखको 'मृदु मोहनी ।

सकल सुन्दरको लव गोल भैं॥ रजतरात्रि प्रभा सुघनीकृता । कुसुममाथि हिमाम्बु बनी झन्यो ॥

(४३)

कुसुमलोल समीरणले गरी । मधुर प्रेरण सत्त्वर फर्किई ॥ विटपमा परिवेष्टित वल्लरी ।

वदन

हेर्न मनोहर (४४)

कर्किई ॥