Jump to content

Page:Shakuntala.pdf/29

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "“तल झर्छ कि” भनेर दिनान्तमा । सुरपुरी रहने 'छवि' साँझको ॥ कनकपड्ख ढलक्क गरीकन । अधरलाल मुसुक्क जसो गरी ॥ शिखर भील रँगाउन हेर्दछन्‌ । अन त्यसै उनले पनि गर्दछन्‌ ॥ (रद) तल झर्छ कि भनेर त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

“तल झर्छ कि” भनेर दिनान्तमा । सुरपुरी रहने 'छवि' साँझको ॥

कनकपड्ख ढलक्क गरीकन । अधरलाल मुसुक्क जसो गरी ॥

शिखर भील रँगाउन हेर्दछन्‌ । अन त्यसै उनले पनि गर्दछन्‌ ॥ (रद)

तल झर्छ कि भनेर त्यहाँ तिनी ।

लघुतनी हलुकासँगः ओर्लिइन्‌ ॥

कुसुम त्यै मनले मलया$निल-

चपतमा धरणीतिर भर्दछन्‌ ॥ (२९)

'शबल पड्खहरू तरुमा अडी ।

तल सफा जल प्यूँन मसक्क भै॥ प्रथम फर्फरले अघि हत्तिई । उर अगाडि दिई अलि ककिँदै ॥ (३०)

जुन प्रयत्न गरीकन दृष्टिको । मधुर पात गरी तल हेर्दछन्‌ ॥ सदृशता त्यसको उनमा थियो ।

जब तिनी पृथिवीतिर फर्किइन्‌ ॥ (३१)

बह्दुत दूर हुँदा चिडिया थिइन्‌ ।

जलद उज्ज्वलका चयबीचमा ॥ अब बनिन्‌ सुमुखी तल ओर्लिंदी ।

कवि घनीकृत झैं सुषमा कुनै ॥ (३र)

हृदयव्योमसुवर्णविहारिणी । मधुरमादकपड्खप्रसारिणी विहग-आवलिले कलभाषिणी ।

अनुपमा सपनासरि छन्‌ तिनी ॥ (३३)