Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/308

From Nepali Proofreaders
Revision as of 20:54, 17 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित अति लोकप्रिय कविताहरूका सङ्कलन हुन्‌- 'लालित्य भाग १ र २'। कवि जीवित छँदै बि.सं २०१० सालमा छापिएको भाग १ मा ६१ वटा र कवि दिवाङ्गत भैसकेपछि २०२५...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित अति लोकप्रिय कविताहरूका सङ्कलन हुन्‌- 'लालित्य भाग १ र २'। कवि जीवित छँदै बि.सं २०१० सालमा छापिएको भाग १ मा ६१ वटा र कवि दिवाङ्गत भैसकेपछि २०२५ सालमा छापिएको भाग २ मा ३८ वटा रचना समेटिएका छन्‌ ।

मानवता र प्रकृतिप्रेम छचल्किएका यी कविताहरू साँच्चिकै रसमय छन्‌ । बालबालिकादेखि सामान्य साक्षरसम्मले पनि वाचन गर्नसक्ने यी कविताले मीठो काव्यिक मिठास दिन्छन्‌ ।

दार्शनिक चिन्तन कविशिरोमणिका हरेक रचनाको विशेषता नै हो । सरल शैलीमा उच्चकोटिको सन्देश दिने यी कविताले कविशरोमणिलाई वास्तवमै अमर बनाएका छन्‌ ।