Jump to content

Page:Shakuntala.pdf/242

From Nepali Proofreaders
This page has not been proofread

'हेला गरे धेर हरे मलाई ।
कालो भनी रङ्ग न भेउ पाई ॥'
भनेर आई पिारमा नसेर ।
राम्रो ननेको र₹ँग कृष्ण हेर!
(३३)

फर्की रहेकी उसतर्फ खालि ।
पृष्वीभरशी केश अँधैर फाली ॥
शाशी-परी झै सुरकी उज्याली ।
अमा यता छन्‌ तर स्वर्ग बाली ॥
(३४)

ठट्टा चले केश नृसिंहपाशा ।
बनाउँदी रेशामतुल्य खास ॥
प्रासादमा दिव्य बनी शिकारी ।
हाँस्छयौ तिमी भ्रूशार चन्द्रमा झैं ॥
(३५)

लुकाउँदी चन्द्रमुखी मृहार ।
ती केशका आश्रय पार्श्व पाई ॥
झन्‌ चन्द्रमा झै घनबीख आधा ।
खछिपेर हाँस्खिन्‌ कवि- दृष्टिलाई ॥
(३६)

कला सिकाईकन बैंस बच्थ्यो ।
अनोल शिल्ला दिन मोहनीका ॥
जो अङ्गमा ती घन झैं वसन्ती ।
फुल्दै थिए भित्र मिठास नाँकी ॥
अर्कै छ धेरै, छ विकास बाँकी ।
सुवास, रेखा रँगमा भने फझै ॥
(३७)

सिँगार गर्छन्‌ अन सुन्दरीले ।
वसन्तका अग्र हवाहरू भैं ॥
कोरी बटारी मृदु पल्लवीय ।
बैसालु ती वर्द्धन, शंसनीय ॥
(३८)