Jump to content

Page:Shakuntala.pdf/240

From Nepali Proofreaders
This page has not been proofread

सुशीघ फर्के सखि चार चारु ।
कपर कै वनका किनारा ॥
सानो वसन्ती कसुमाब्ग चार ।
खढ्दा दशा शैहारको किनार ॥
(२१)

ती देख्न पाए अन कामदेव ।
वनैभरी वाण रैँगीन भर्थे ॥
ती चित्र आए मृदु लेखनीमा ।
नादै भई सुन्दरता विचर्थी ॥
(२२)

न ढब्ग वा रष्ठ हुने हुनाले ।
छाडौं यहाँ प्राकृत रङ्ग सारा ॥
जो चित्रकारी मृदु-कल्पनाले ।
भित्रै छ राख्ने रँग भर्न प्यारा ॥
(२३)

यी नग्नतामा तर सत्य आफै ।
सौन्दर्यको रूप गनेर फुल्छ ॥
रेखा त्यहाँका विधिले बनाए ।
वेला सुनौला लिद्द सिर्जनाको ॥
(२४)

ती फूल नाह्वाहरु हुन्‌ उज्याला ।
रेखा सफा पेशल रङ्दार ॥
पूजाहरू लायक कल्पनामा ।
छन्‌ सिर्जनाका वनका सिँगार ॥
(२५)

म चित्र लेखुँ रंग हुन्छ लाटो ।
देखिन्न आत्मा रँगने छ माटो ॥
बनेर आनन्द अनन्त ज्वाला ।
घप्की रहेको न त खुल्छ चाला ॥
(२६)