This page has not been proofread
म सँगै अब जान पाउँ भै ।
दुग्री फुर्फारिदै रमाउँछ ॥
उसलाद् चपक्क च्याप्नमा ।
सुख पाई करले मुसारदी ॥
"यसलाइ म साथ लीकन ।
भुलुंला दुःख सबै" भनीकन ॥
सखिका मुख जाँच गर्दछिन् ।
जसलाई न्यानो त्यति बेर पाउँदी ॥
उसलाई "नछोडुँ" झै गरी ।
वन च्यापेसरि ती समाउँछिन् ॥
(८९)
अन माल्य लगाउँछन् सखि ।
जलका नेत्र बनी प्रशासक ॥
अनि दु:ख सबै झरी खस्यो ।
पर जाने दिन अङ्गमालमा ॥
(९०)
दुद्ध पूर्ण घडा सिँगारिई ।
कसुमा६भूषित द्वारमा थिए ॥
दिलकी जलकी घडा तिनी ।
तिनका बीच भएर आउँछिन् ॥
(९१)
डोली दोटा राहमा छन् तयार ।
पस्छिन् यौटा दुःख पार्दी सिँगार ॥
अर्की वृद्धा गौतमीलाइ यान ।
यात्राको भो खालि बाँकी नयान ॥
(९२)