"घर जानु पराइएको परी ।
मुख नौलो ढँगमा थरी थरी ॥
स्मृतिलै अन झन् रुवाउला ।
"म त्यहाँ के अन आड पाउँला ?
नव सागरको जहाज भैं ।
म हवा भेलविषे कहाँ हुँला ?"
डर घेर यही प्रकारक ।
नव यात्रासँग भित्र आउने ॥
(८८)
उनका मनमा पसीकन ।
मन भन्थ्यो "अब के म पाउँला ॥
न त स्वीकृतिसाथ सुन्दर ।
महिषी शासन गर्न मन्दिर ॥
न त विस्मृतिले गरी छल ।
म हुँला बाहिर नै रुँदी जल ॥
तर हैन ! दयालु सुन्दर ।
निदुरी करपना विना हुँदा ॥
सब सत्यसमान सुन्दर ।
कसरी हैन भनी पठाउलान् :
रविले वनलाइ यो बरु ।
सब बिर्सी दिन नै नआउलान् ॥
यसरी मनमा तरह्विँदी ।
रसिली सुन्दरता मलीन ती ॥"
गूँडबाहिरकी चरीसरि ।
सब हेर्छिन् वन त्यो अडी घुमी ॥
दृग दीर्घ सप्रेम लाउँदी ।
पिउँदै त्यो वनचारु सम्झना ॥
सखिबाट त्यहाँ बुझाइनन् ।
"मनमा दुःख नल्यौ" भनीकन ॥
अब शावक चारु आउँछ ।
पदमा लुट्पुट भै कराउँछ ॥
Page:Shakuntala.pdf/253
Appearance
This page has not been proofread
