This page has not been proofread
म त जान्नै म बस्छु वित्ति छ ।
घरमा के छ र हेर मोहनी ?
सखित्ल्य लता र भाद्ट झैं ।
तर छोडी मम्की चरा ननी ॥"
(७९)
मृदुलताकन कष्ट हार्दिक ।
गह भर्दै रसले कनातक ॥
जलनिन्दु बनेर भर्दछ ।
बिर्वामा अलि म्लान पर्दछ ॥
(८०)
"प्रियका सँग काखमा नबसी ।
सुख आनन्द अनेकनै घुसी ॥
परिरम्भणमा फ्ली झुली ।
रहने सुन्दरता ग्रनी बली ॥
जन जीवन-रङ्ग पाउली ।
वन-वल्लीसरि पुष्पकालमा ॥
तन मात्र नबिर्सिए सखे !
अहिले मात्र दुःखी भएर के ?"
यति "चारु' थपेर फूलले ।
रसिली सुन्दरता सिँगार्दछिन् ॥
(८१)
तर आँस् पुखी प्रियम्वदा ।
मसिनो रेशमको क्निारले ॥
"रुनु ता अबला हुनू न हो ।
कलिलो नन्नु न घाउ पार्नु हो ॥
तर घीर हनु सही लिन्ू ।
यसकै नाम छ जिन्दगी भनूँ ॥
पति मिष्ट कराहरू कित ।
जल पुछखिन् हलुकापनासित ॥
(८२)