This page has not been proofread
नत्तीहरू हुन् सन रूपवाली ।
घप्की रहैका मृदु सत्य बाली ॥
धूवाँ त्यहाँ सुन्दर छन् कपाल ।
तुवास नै बैंस, सजीव चाल ॥
(२७)
तताइए हात भएर लाल ।
सुक्दै गए थुर्धुर अङ्ग राम्रा ॥
रम्भोरुले वल्कल सेक्न लागे ।
दिनेशाा डाहा ततिएर जागे ॥
(२८)
हाँसी प्रसन्ना सुख-वल्कला ती ।
फुली उज्याला मुखमा गुलाफ ॥
सुवास वार्तासित कण्ठ-डाँठ ।
हिलेर चल्छन् वनका हवामा ॥
(२९)
सिँगार पार्ने अब भो तयारी ।
ऐना बनाई जलप-पत्र भारी ॥
कोरे त्यहाँ रेशमतुल्य केश ।
लौ काइयाले अन हेर नेस ॥
(३०)
फेटेर पानीसित तेललाई ।
टलक्क पारीकन केशलाई ॥
चिल्ला दुवै हात सरक्क पारी ।
प्रियम्वदा छन् रहँदी मुसारी ॥
(३१)
ती केश लामा त्यसरी छुँदामा ।
छन् भूब्च चिल्ला रँग टल्किदामा ॥
नितम्ब हुन्छन् लहरे र लामा ।
न तौल लिन्छन् हलुका हुँदामा ॥
(३२)