This page has not been proofread
एकोनविंशतितम सर्ग
खुल्यो उज्यालो दिन आउँदामा ।
घप्की सुनौला सुखका हिलामा ॥
गोला बनी, सुन्दर स्वर्गबाट ।
सिँगान उँचा गिरिका ललाट ॥
(१)
तारा निभिन् अन्तिम हीरकाभा ।
सिँगार ठण्डा मृदु मिमिरिकी ॥
सन्देश जस्ती दिनकी बलेकी ।
प्यारी उषाकी सँगिनी खुलेकी ॥
(२)
वेदी सफा शीत कणाहरूकी ।
प्रनोधिनी प्रात हवाहरूकी ॥
ती लुक्दधिन्, चट्ट खुली कपाट ।
गुलाफ-बारीतिर स्वर्गभित्र ॥
(३)
आनन्द ओर्न्यो रचि-रगिमिसाथ ।
घप्काउँदै पर्वतका ललाट ॥
प्रभात भन्थ्यो लिपिमा सुनौला ।
छ प्रेम मिल्दो अन प्रेैमसाथ ॥
(४)