This page has not been proofread
३०
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
उती उस्को देखें वजन अथवा मान गह्रुका ।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
उती उस्को देखें वजन हलुका मर्त्यकुलमा ॥
३१
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति ।
कठै त्यस्तो बढ्दो विकट सुरसाको वश परी
सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि हरि ॥
३२
क्रमसित उस चौकीमध्य विश्रान्तिकारी
थरि थरि बटुवाको चित्र थोरै उतारी ।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
अचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥