१२
कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी
झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी ?
कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो
तँ लोभीले गर्दा हल न चल मेरो गति भयो ॥
१३
कसैको टोपीको मलमलिन घेरो छ शिरमा
ठुटे, चिल्थो भोटो फगत पसिनापूर्ण हरमा ।
कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी
निचोर्दै छू तेरो समझ अथवा ज्ञानगठरी ॥
१४
कुनै कालो तृष्णाजलधिबिच घाँटीतक डुबी
लिऊँ यै चोलामा धनधवल कौवेर पदवी ।
भनी कौडी कौडीउपर मुटुका रक्तकणिका
झुकायेका देखे दिवसविधु जस्तै अति फिका ॥
१५
अनौ वा कोदालो परशुहरु पक्री जुनिभरी
उठेका ठेलाले कठिन बिचरा पत्थर सरी ।
कसैका हत्केला मधुर मुहुनीदार मुहर
छुनासाथै भुल्थे सकल जुनिका कष्ट कहर ॥
१६
नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जति
कसैका हत्केला कमलदल झैं कोमल अति ।
बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनी
उनै भारीबोका गरिबकन ज्याला दिन पनि ॥
१७
कडा अड्बेखड्बे बगर, कँटिलो जङ्गलतटी
उकालो, ओह्रालो हिँडिकन फुटेका पटपटी ।
कसैका पैताला समझ नभयेको पशु जुनी
भलो भन्थे, गर्थे कठिन खुरको खूब सह्रनी ॥
Page:Tarun tapasi.pdf/89
Appearance
This page has not been proofread
