Jump to content

Page:Tarun tapasi.pdf/56

From Nepali Proofreaders
Revision as of 20:49, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१२
जटाका लट्टामा चपल चिडियाको चहचह
उता त्यो चौकीमा विविध बटुवाको तहबह ।
दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा
थियो मानू मेला मधुर उस वेला नगिचमा ॥

१३
लगाई गालामा करकमल कर्के शिर गरी
बगाई आनन्दी सरस रसियाको रसझरी ।
कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली
मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली ॥

१४
कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी
हटाई हप्काई तमकसित ताक्तै, छडि पनि ।
थला मारी बस्ता चतुर पुरवासी जनहरू
चिरिन्थ्यो यो छाती, किन किन म रुन्थें धुरुधुरु ॥