Jump to content

Page:Tarun tapasi.pdf/41

From Nepali Proofreaders
Revision as of 20:44, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२१
कुनै वेला भेला भइ विहग सारा कचहरी
जमायेको देखी हतमति शिकारी अघि सरी ।
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
खस्यो चीं चीं गर्दै कठिनसित यौटा, अरु चले ॥

२२
कठै चल्दो फिर्दो प्रकृतिपुतली त्यो निमिषमा
अकालैमा त्यस्तो गतिसँग परी कालवशमा ।
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो ॥

२३
शिकारी संहारी अबुझ हतभागी मनुजको
थियो कस्तो कस्तो विकट अनुहारै दनुजको ।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
छुनासाथै निस्क्यो कठिनसित 'चीं चीं, चिरिरिरी' ॥