Jump to content

Page:Tarun tapasi.pdf/30

From Nepali Proofreaders
Revision as of 20:38, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२८
लटाईको धागो तरलतम सङ्कल्प मनको
कका मस्कायेको उभयगति सुर्के पवनको ।
सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी
चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि हरि ॥

२९
कुनै ज्यादा माथी नयनयुगले भेट्न कठिन
कुनै ती लत्रेका तल तल धुलोमा जिनतिन ।
कुनै थोरै माथी गननबिच भर्ने फुलजडी
अनौठाको शोभा हृदयबिच भास्यो उस घडी ॥

३०
उता हेर्यो नौलो गगनतलमा लाखन थरी
उनै नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी ।
उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमा
थियो कस्तो कस्तो क्षणिक तिनको केलिसुषमा ॥

३१
यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता
उठ्यो अर्कै चक्रो लिइकन कडा घातकटुता ।
बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये
कठै भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥

३२
उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये
नयाँ निस्के आये, अलिछिन उडे, त्यै पथ लिये ।
सदा यै ढाँचाले निमिषभर विश्राम नगरी
चलेको देखें त्यो चटकमय लीला हरि हरि ॥

३३
अहो आफू भिन्नै बसिकन ठुलो खायस गरी
ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी ।
उडाई चौतर्फी चटचट चुँडालेर यसरी
बिपत्ता गर्ने त्यो कुन सकस होला हरि हरि ॥