Jump to content

Page:Tarun tapasi.pdf/18

From Nepali Proofreaders
Revision as of 20:38, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

३३
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
तिनैको त्यै लम्बा भ्रमणविधिमा त्राटक[1] गरी
बित्यो मेरो सारा तरुण वय ठाडै हरि हरि ॥

३४
यति भनिकन लम्बा शास फेरेर फेरि
कवितिर अति तीखो नेत्रले खूब हेरी ।
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
जलधि अचल भैगो, के रहन्थ्यो उपाधि ?

  1. कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको नाम हो– त्राटक ।