सुस्तरी श्वास फेर मलाई कोपिला टिप्न डर लारदछ, मुना चुँडन हात काँप्तछ ।
फूल शायद आजसम्म मेरो हातले च्यातेको होओइनजस्तो लाग्दछ ।
सुन्दरताका मृदुल नमूनाहरूमा क्रूरताको आत्मा कँपाउने के मोहनी
हुन्छ ? राम्रो चीज देखे मलाई खै र लाग्दछ, मानौं म त्यससँग प्रेम गर्न
चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ,
जस्तो मेरो हृदय अश्रुमय कृतज्ञतासाथ त्यससँग अनन्तको नाता जोड्न
चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई हप्काउँछ, र मानौं म अनेक क्रूर भावहरूको पापी शिकार झैं त्यसलाई
ताकेर अश्वुमय नजरले कृतज्ञ प्रशंसा गर्दछु । मानौं मेरा हात त्यसलाई छुन ज्यादै खस्रा छन्, मानौं त्यसका मृदुल नसालाई वेदना दिने स्पर्श नै
पापको मुटु हो । यी भावहरू बराबर आए तापनि आदत यस्तो बलवान् छ कि
फुस्रा क्षणहरूमा मैले अनेक पाप गरेको छु। मेरो जिभ्रोमा हिंसकता छ, म मासु खान्छु । यद्यपि छ बाजि छाडेँ, मेरो आत्मा नखा भन्छ, मलाई
हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई खाउँ-
खाउँका जोडले त्यसै लैजान्छ । मैले एक बाजि मोहनलाल काटेको छु, त्यो सुन्दर रङ्गीचङ्की परेको राजसी बनैया चरो ! मलाई त्यस जीवका आँखाले सरापे-मेरो आत्मा दागी बनेर स्वर्गका निमित्त निराश भइसक्यो ! मेरा कविताहरूका आधा मोहनी त्यसैले उडाएर लग्यो, खालि हार्दिक
पछुताउको अबोल खेदहरूलाई मात्र अलिकता मिर्मिरे माधुर्य राखेर गयो । चितानजीक हुँदा मैले मासुको गन्ध सुँघेँ, घीन लाग्यो, अनन्त घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र बनिसकेको छु, मुर्दा मासु लुछुनलाई र चपाउनलाई मानवदन्त प्रयोग
गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला १५०५८लक्ष्मी निबन्ध-संग्रह