Jump to content

Page:Laxmi nibandhasangraha.pdf/166

From Nepali Proofreaders
Revision as of 23:37, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "राय विभिन्न हुन सक्छ । युगहरू बेग्लै फैसला गर्न राक्तछन्‌ । तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरू स्वदेशी हृदयले सधैं सहन सक्तैन र त्यसका विरोधहरू धेरै ठाउँमा निस्कन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

राय विभिन्न हुन सक्छ । युगहरू बेग्लै फैसला गर्न राक्तछन्‌ ।

तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरू स्वदेशी हृदयले सधैं सहन सक्तैन र त्यसका विरोधहरू धेरै ठाउँमा निस्कन्छन्‌ र हरेक

युगमा ।

कविताले आजकाल नयाँ ढङ्ग लिइरहेछ, शैली बदलिंदो छ, मात्रिक

छन्दमा छामछाम-छुमछुम भइरहेछ । एक पन्थी सुमित्रानन्दन पन्तलाई

क्रविताका सजीव मूर्ति र आदर्श सम्झन्छन्‌, उनको शैली नक्कल

गर्दछन्‌ र कति जना त्यसरी बिग्रे । हामी सम्झेर रुन खोज्छौं, त्यस्तै

हाम्रा प्रथम कविजीमा अवणगुर्णहरू छन्‌ तर उनी हाम्रो लागि महान्‌ छन्‌ । दोस्रो पन्थी नक्कलबाज नभए पनि अलि बाङ्गाटिङ्गा देखिन्छन्‌ र प्रसिद्ध नाटककार बालकृष्ण शमशेरको अनुकरण गर्न खोज्दछन्‌ । ध्येय उनीहरूको पनि राम्रो छ । साफ शुद्ध सच्चा नेपालीमा दावा राख्न खोज्दछन्‌, यद्यपि ठाउँठाउँमा समझको कमी देखिन्छ । तर युग बदलिए

पनि, शैली भिन्नै भए पनि, त्यो नेपालीको माधुर्य हामी बिर्सन सक्तैनौं ज्ञो महाकवि लेखनाथमा देखिन्छ र उनका चमत्कारहरूमा प्राकृत भएर

निस्कन्छन्‌ । गहिराइको विषयमा, गाह्रो हुनु गहिराइ भनिन्न । कठिन तुल्याउनु क्रला सम्िन्न; नबुझिनुमा महत्त्व छैन । पछि लाए कदर गर्लान्‌

कसैकसैले ! तर लेखनाथलाई बुझिरहनुपर्ने जरूरत छैन । उनी सजिलैसँग

हृदयतिर झल्किहाल्छन्‌ । उनी संस्कृताढध भईकन ज्यादा सरल छन्‌, त्यही कुरा बालकृष्ण शमशेरको विषयमा भन्न गाह्रो हुन्छ । कविताको क्षेत्रमा लेखनाथलाई अहिले अद्वितीय मान्दछौं, नाटकको क्षेत्रमा हामी

बालकृष्ण शमशेरलाई त्यस्तै नेता र आधुनिक शिखर सम्झन्छौँ ।

पण्डित लेखनाध पौडघालको विषयमा/१५७