Jump to content

Page:Laxmi nibandhasangraha.pdf/164

From Nepali Proofreaders
Revision as of 23:36, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार पाएकी थिइनन्‌ । बाटो अनिश्चित थियो । विद्वान्‌ मूर्खहरू हाँस्तथे । बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्म...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार पाएकी थिइनन्‌ । बाटो अनिश्चित थियो । विद्वान्‌ मूर्खहरू हाँस्तथे । बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्मेका थिएनन्‌, बनोट, मिलाप र अन्तर्घ्वनिहरू नसुनेका चिडिया थिए । संस्कृतसँगका नाता बुझिएका थिएनन्‌ । भाषामा शिष्टता पलाएको थिएन, छनाइ र

सौन्दर्यात्मक चेत थिएनन्‌ । उनले बनाए जसलाई श्रद्धा थियो ।

आजकल हामी अबहेलन गर्न सिकिरहेछौं त्यस्तालाई जो नेपाली

शब्दका मुटुका धड्कन छामी-छामी बूढा भए, जो 'नेपाली' नामको

भाषाका मूर्तिमान्‌ मिठास छन्‌, जसले प्रथम सिर्जना र प्रथम आह्वान

गरेथे । अवगुण नहुनु ईश्वरत्व हो, तर हामी उनका उत्तम क्षणमा

उनीनजीक पुग्ने

देख्तछौं । अरू बाङ्गाटिङ्गा अनौठा देखिन्छन्‌ ।

उनमा प्राकृत रेखा सुन्दरले कुदेझै रहन्छ । अरू संस्कृतको बिरोध गर्दछन्‌ र नबीनतामा दावा राख्तछन्‌ । तर माधुर्यको स्वाद पारखीकहाँ ज्यादा सुन्दर झल्कन्छ । ठेट नेपाली नराम्रो होइन तर नेपाली कन शिखरमा

सुनौला हुन्छ त्यसको विचार बुभनेले राख्तछन्‌ । नवीन

पद्धतिहरूलाई हामी नफरत गर्दैनौं तर तौल र ओजन, निर्माणकला र

लालित्यको सूक्ष्म समझलाई हामी ज्यादा प्रशंसा गर्दछौँ । उनी कँद्न जान्दछन्‌, अरूहरू कोशिश गर्दछन्‌ । उनी नेपालीको हृदयनजीकै आउँछन्‌, अरूहरू विदेशी ढङ्गले समाउन खोज्दछन्‌ । अरूहरूमा वक्रता,

चोसेमोसेपना, अनौठोपना देखिन्छ, उनी मिलेका छन्‌ । हामी त्यति

मिलेको भाषा अझ पाउँदैनौं । उनीभन्दा £३। कवि भविष्यका गर्भमा

होलान्‌ तर उनलाई जित्ने हामीले देखेका

छैनौं ।

उनीलाई पण्डितेपनाको अभियोग लगाउँछन्‌ । सचेतता-अलङ्गारी,

आडम्बर,

उपमाजडाउ,

अनुप्रासचातुरी, आधुनिकताको

अभाव, संस्कताधिक्य,

माधुर्यको ज्यादा गुलियो, बोलचाली भाषाबाट दूरता,

श्लोकटुक्रे विचार, भावको रोकावट, शब्दलालित्यको लोलुपता र अनेक अवगुणहरू उनमा छन्‌ भन्ने आधुनिक सिकारुहरूको भनाइ छ । त्यसउपर ज्यादा गहिराइ केही देखिन्न भन्दछन्‌ । पण्डितेपना प्राचीनका उपासना

हो भने हामी तारीफ गर्छौं, किनकि उनी आधुनिक लेखकहरू झैं

पु्याल्ता निन्दा गरेर बीसौं शताब्दीका दोषका तक्कलमा लागेका छैनन्‌ । त्यस शब्दले पुरानो ढङ्ग थाड्नेपन भनी जाहेर गर्छ भने जसरी

पण्डित लेखनाध पौड्यालको विषयमा/१४४