Jump to content

Page:Laxmi nibandhasangraha.pdf/162

From Nepali Proofreaders
Revision as of 23:36, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "थिए, तिनीहरूलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

थिए, तिनीहरूलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी

कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती

जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु नै जीवन छ, अरूको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको

होश राख्तछौं, र नवीनताको, न प्रदानको ! हामी कामी काना गोरुलाई

सधैं पूर्णिमा जस्तै छन्‌ । हामी उन्नतिशीललाई पनि बुभ्दैनौँ, उन्नतिलाई

पनि । भाव र विचारका क्षेत्रमा खालि तरङ्गका रङ्ग मात्र देख्तछौं । साहित्य र कविता हामीलाई केको कथनी-पथनीभन्दा केही ज्यादा मोल राख्ने चीजजस्तो लाग्दैन । हामीहरूमा भावृक प्रशंसाको मात्रा नै

छैन, चाहना छैन । हामीले सुन्दरको मुहार देखेर वास्ता नराख्नु नै हाम्रो प्रधान लक्षण हो । भारतको मुर्दा समझले स्वरव्यायामलाई रातको

हजार

रुपियाँ तिर्दछ, जहाँ सिर्जना कल्पना र भावनाश्न्य छन्‌ ।

हामीहरू औत्सविक कविताहरूमा रुचि देखाउँछौं र पैसा तिर्ने पनि

खोज्दछौं, मिथ्या पोषणमै हामीहरू दगुर्दछौं । तर सत्यका अनुहार हामीहरूलाई राम्रो लाग्दैन । आधुनिक उपस्थितिमा हामी सत्य र असत्य

छुट्टयाउन सक्तैनौं र हामीलाई कहाँ युग शुरू हुन्छ र कहाँ अन्त हुन्छ याद हुँदैन । चिन्नेलाई आँखा भनिन्छ, बुभनेलाई मगज, सुन्नेलाई कान र भावना गर्न सक्नेलाई हृदय । यी चार चीजबाट वाञ्चत हुनु पशुको लक्षण हो । हीराहरू बाँदरले फ्याँक्छन्‌ किनकि उनलाई मोल थाहा

छैन । सुन्दर रचनाहरू बुभ्नु र नबुभ्नु अन्धताभन्दा पनि खराब पशुता

हो । यो पाप हो । हामीलाई ईश्वरले दिएका चीजहरू हामी दुरदुर्‌ गरेर फ्याँक्ने प्रवृत्ति देखाउँछौं । पारखी आँखा हामीमा हँदैन, यो साधारणको

दैनिक लक्षण हो ।

कति कमलाई याद छ कि हाम्रो साहित्य-क्षेत्रमा के युग छर त्यसलाई बनाउने को हो ? नेपाली भाषालाई अनुहार, शब्गार दिने पहिलो हात कसको ? नबनेको चीजलाई कसले माधुर्यका रसिलारसिला दानाहरू मिलाएर हामीलाई कविताको पहिलो सच्चा आनन्द दिएको थियो ? जब नेपालीको नाम राख्नु मुशिकल थियो, कसको आत्माले आवरु राखेर हाम्रो भाषा पनि रचनाशील छ भनेर देखायो ? जुन वेला पण्डितजीहरू भाषाको नाममा नफरत राख्तथे त्यस वेला कसले अकेला पण्डित लेब्बनाध पौडघालको विषयमा/१४३