Jump to content

Page:Ritubichar.pdf/68

From Nepali Proofreaders
Revision as of 18:53, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

१६
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै ।
खुला दोकान को राख्छ गलेबन्दभयेकुनै ?

१७
मानिस बाहिरै निस्के चौरको खोजनी गरी ।
मरीयो कम्पले भन्दै देखिन्न पुरमाधुरी ॥

१८
वर्षेकोहिमले कोही भये पल्टेर सोत्तर ।
युद्धको सम्झना भेगो उत्तिखेरै सबैतिर ॥

१९
मैलो शिशिर यो नामी धामी झैं जम्जमाउँछ ।
थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न बजाउँछ ॥

२०
शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ ।
हुर्रहुर्र हवारूप फूँक त्यो खूप भर्दछ ॥

२१
बेढङ्गी चालले हर्दम् दन्तमाला चलाउँछ ।
मानू धूपधुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ ॥

२२
मसिना असिनारूप अक्षता पनि छर्छरी ।
छर्छ त्यो कहिलेकाहीं सातो सकलको हरी ॥

२३
श्यालको बहुतै लम्बे शब्दद्वारा फलाक्दछ ।
ठण्डीको देवतालाई अनेक बलि माग्दछ ॥

२४
मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ ।
जगाई भोकको भूत रोगदासु धपाउँछ ॥