Jump to content

Page:Ritubichar.pdf/50

From Nepali Proofreaders
Revision as of 18:43, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

७०
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर ।
खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर ॥

७१
साना रुगरुगायेर दौडने दिव्य खञ्जन ।
गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन ॥

७२
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट ।
हेर्दा भित्र छचल्किन्छ प्रेमपीयूषको घट ॥

७३
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नामनिशाना दुःख शोकको ॥

७४
खोली कमलको छाता हम्काई काशचामर ।
ऋतुराजैसरी गम्क्यो शरत्काल मनोहर ॥

७५
फूलका मदको गन्ध भरियेको छतीवन ।
शरत्को वनमा बद्ध हात्तीतुल्य छ शोभन ॥

७६
वनमा फलपुष्पादि विशेष नभये पनि ।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥

७७
वसन्तकै सरी सारा बगैंचाको बहार छ ।
हावा वसन्तको भन्दा ज्यादा महकदार छ ॥

७८
फुलेको हसनारूप शरत्को मन्द हास छ ।
जसमा बहुतै चर्को वासनाको विकास छ ॥