Jump to content

Page:Ritubichar.pdf/46

From Nepali Proofreaders
Revision as of 18:43, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

३४
नदीका जलले छोड्यो सारा बगर सुस्तरी ।
ज्ञानीका मनले तुच्छ भोगको वासनासरी ॥

३५
चुल्ठोसमान लर्केकी नदीको मझधार छ ।
आनन्दी हंसको ताँती मानू सुन्दर हार छ ॥

३६
आखासमान झल्कन्छ माछाको परिवर्तन ।
गहिरो भुमरीरूप नाभि देखिन्छ शोभन ॥

३७
हलुका लहरी हात, गाना कलकलध्वनि ।
नचरी लाउँदै चल्छन् नदी सागरगामिनी ॥

३८
शरत्का सङ्गले सङ्ले धमिला पोखरी सब ।
सत्सङ्गको सफा रङ्ग सबैमा पर्छ वास्तव ॥

३९
वृक्ष, पर्वत, आकाश गर्व सौन्दर्यको गरी ।
पानीमा हेर्न लागे कि आफनू मुखमाधुरी ?

४०
शनैः शनैः फिका पारी अघिको तेजिलोपन ।
विप्र झैं दक्षिणाऽऽशामा लागे श्रीसूर्य लत्रन ॥

४१
कन्यालङ्घन भो भन्ने सङ्कोचैले अलीकति ।
झुकेका हुन् कि लाचारीसाथ ती पद्मिनीपति ?

४२
दिननाथै उँधो लत्रे, दिनको के कुरा छ र ?
जहाँसुकै पनी हुन्छ स्वामीमाफिक नोकर ॥