१६
उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा ।
उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा ॥
१७
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको ।
मैलोपन पखाल्यो कि प्रत्येक परमाणुको ?
१८
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली ।
शरद् मालिकिनी जस्तै गर्न थाली ढलीमली ॥
१९
शुकीशक्यो हिलो सारा, धूलो छैन रतीभर ।
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैं मनोहर ॥
२०
नरनारी, लतावृक्ष, पशुपक्षी तमामको ।
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको ॥
२१
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ ।
अपूर्व यो शरत्काल सबैको सुखधाम छ ॥
२२
निर्दोषी नयनाऽऽनन्दी शरत्का रसिला दिन ।
सधैं बस्ने भयेदेखि चाहिन्थे कविता किन ?
२३
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर ।
स्वच्छ देखिन्छ आकाश इन्द्रनीलबराबर ॥
२४
कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो ।
धूलो वर्षादले मार्यो, मेघ आफैं पछी हट्यो ॥
Page:Ritubichar.pdf/44
Appearance
This page has not been proofread
