Jump to content

Page:Ritubichar.pdf/43

From Nepali Proofreaders
Revision as of 18:42, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


आफना जलधाराले बढेको विश्वको खुशी ।
हेर्न लाग्यो कि वा मेघ खिस्स हाँसी परै बसी ?


रूपरङ्गादिले शून्य सत्त्वशेष कुनै धन ।
जीवन्मुक्तसरी थाले हावामाफिक खेलन ॥


सेता बादलका टुक्रा कुनाकानी अली अली ।
चल्छन् बिस्तार बिस्तारै कलिमा साधु झैं गली ॥

१०
बडो उज्यालो आनन्दी भगवान् शङ्करैसरी ।
हिमालमा पस्यो मेघ विश्वबाधा सबै हरी ॥

११
मेघ झैं विश्वसेवामा लगाई शुद्ध जीवन ।
अन्त्यमा शान्ति जो लिन्छन् उनै हुन् मुक्तिभाजन ॥

१२
हरायी मेघका साथै उज्याली बिजुली पनि ।
भर्ता गयेपछी कान्ता रहन्थी अन्त के भनी ?

१३
जगद्व्यापी उही मेघ टुक्रा टुक्रा भईकन ।
हिन्दूसाम्राज्य झैं आज गिर्यो पायिन्न देखन ॥

१४
मेघले अघि वर्षामा गरेका पुण्यवृष्टिको ।
फलरूप नयाँ रङ्ग निस्क्यो कि सब सृष्टिको ?

१५
दिव्य सौभाग्यधारामा नुहाई भइ निर्मल ।
निस्केको तुल्य देखिन्छ उज्यालो विश्वमण्डल ॥