Jump to content

Page:Ritubichar.pdf/26

From Nepali Proofreaders
Revision as of 18:32, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

७१
डढेलाले निल्यो झट्टै झार, पात दुवैथरी ।
कर्मसञ्चित, आगामी विज्ञानज्योतिषैसरी ॥

७२
ठूला फेदविषे आगो सल्केका वृक्ष हुन् जुन ।
उनी प्रारब्ध झैं थाले सुस्तसुस्तै बिलाउन ॥

७३
तातो लपलपायेको रातो जिभ्रो झिकीकन ।
कराल काल लाग्यो कि लपक्कै लोक चाटन ?

७४
स्याँस्याँ गरी निकालेका जिभ्रो जस्ता बडा तिखा ।
देखिन्छन् टोडकाबाट वृक्षमा अग्निका शिखा ॥

७५
रुन्छन् कठै कुनै वृक्ष ठाडै चीँ चीँ गरी गरी ।
रसरूप सफा आँशु चुहाईकन बर्बरी ॥

७६
घरी झार, घरी पात, घरी वृक्ष, घरी लता ।
भस्म पारी डढेलाले उडायो वनको पता ॥

७७
आगाका डाहले माथि उठेका बिचरी चरी ।
डढेलामा गिरे फेरि घामका तापले गरी ॥

७८
राती पाखापखेरामा देखिन्छ देवमाधुरी ।
कृष्णका कटिको लामू दिव्य पीताम्बरैसरी ॥

७९
प्रत्यक्ष सर्वसंहारी महामारीसमान यो ।
आगाले जङ्गली जीव नामशेष गरीदियो ॥