Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/144

From Nepali Proofreaders
Revision as of 16:05, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''चाखुराको प्रेमोल्लास'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} देखी निस्तन्द्र खासा चमचम गरने चन्द्रिकाको तरङ्ग ::साना साना मिलेका अतिशय मसिना पक्ष पारी जुरुङ्ग । गर्दै उल्लास-चेष्टा चटुलतर चुच...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
चाखुराको प्रेमोल्लास

(१)
देखी निस्तन्द्र खासा चमचम गरने चन्द्रिकाको तरङ्ग
साना साना मिलेका अतिशय मसिना पक्ष पारी जुरुङ्ग ।
गर्दै उल्लास-चेष्टा चटुलतर चुचो चट्ट खोली चकोर
बिस्तारै भन्न थाल्यो पल-पल मनको तानिँंदा प्रेम-डोर ।

(२)
हे मेरी प्राणप्यारी ! अधिक चहकिली ! चन्द्रिके ! रामछाया
देखाई मोह पार्यौ हृदय-बिच बढ्यो जम्जमाएर माया ।
यो मायाको ठिगाना कसरि अब कहाँ लाउने हो बताऊ  ?
तेसै आकाशमाथी चमचम यसरी चित्त चोरी नजाऊ ॥

(३)
आऊँ सोझै समाऊँ, अधिक पर तिमी, आउने शक्ति छैन
जाऊँ, नाता टुटाऊँ, चमचम गरने माधुरी बिर्सिँदैन ।
के गर्ने ? प्राणप्यारी ! फनफन घुमदै पर्न थालेँ म छक्क
आफैँ आई दिलाऊँ मधुर रस-झरी नागरी झैं थपक्क ॥