Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/109

From Nepali Proofreaders
Revision as of 15:18, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} अङ्ग्रेजीमा कसैको प्रणय-रस, कुनै बङ्गला-संस्कृतज्ञ हिन्दीमा मस्त कोही चतुर, कति महाजङ्गली मूर्ख अज्ञ । यस्तोमा एक दोटा पिलिपिलि गरिने जुन्किरीबाट खालि स...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४)
अङ्ग्रेजीमा कसैको प्रणय-रस, कुनै बङ्गला-संस्कृतज्ञ
हिन्दीमा मस्त कोही चतुर, कति महाजङ्गली मूर्ख अज्ञ ।
यस्तोमा एक दोटा पिलिपिलि गरिने जुन्किरीबाट खालि
सौभाग्याऽऽकाश तिम्रो कसरि सहजमा हुन्छ त्यो कान्तिमाली ॥

(५)
तिम्रो सेवा गरौँला, भरसक जननी ! दुःख तिम्रो हरौँला
पाऊ तिम्रै परौँला, हरतरह गरी कोष तिम्रो भरौँला ।
भन्ने ताना लिँदैमा सकल जिउ सुक्यो, जिन्दगी भो बिकामी
पत्ता लागेन केही, अब शिव ! शिव ! हा !! के गरौँ यत्न हामी ॥

(६)
विश्वव्यापी नराम्रो हृदय चरचरी चीरने आर्तनाद
सुन्दामा आज तिम्रो पशु पनि मनमा लिन्छ केही विषाद ।
हे देवी ! मातृभाषा ! शिव ! शिव ! उसको लेखनू के बयान
पैले नै धैर्य छोडी जड कलम पनी रुन्छ यो सत्य जान ॥

(७)
हे देवी ! बन्धु हाम्रा सकल दृढ गलेबन्दले कान ढाकी
आनन्दैमा लडेका छन अधिक मिठो मोहको स्वप्न डाकी ।
चिच्च्याई व्यर्थ रुन्छ्यौ किन तिमि ? उनका कानमा यो बतास
पक्का पर्दै छ तिम्रो, हृदय गर कडा, धैर्यलाई ननाश ॥