Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/104

From Nepali Proofreaders
Revision as of 15:18, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} प्रमुदित त्यहि नै भाव तमाम गर्छ नखीको कोमल काम । जसले गर्दा वारंवार झन्कन थाल्यो हृदय-सितार ॥ {{pcn|(४)}} नासा-पुटमा थरि थरि महक कसको कसको पाई बहक । लहबरि खेल्दै च...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(३)
प्रमुदित त्यहि नै भाव तमाम
गर्छ नखीको कोमल काम ।
जसले गर्दा वारंवार
झन्कन थाल्यो हृदय-सितार ॥

(४)
नासा-पुटमा थरि थरि महक
कसको कसको पाई बहक ।
लहबरि खेल्दै चहचह गर्छ
सुखका शीतल सीकर छर्छ ॥

(५)
तम सपनाको पर पर सारी
नयन-सरोरुह सरसर पारी ।
सुन्दर शीतल बिजुली छिनमा
दौडन थाल्यो हृदय-गगनमा ॥

(६)
उस बिजुलीका क्षणिकझलकमा
झल्क्यो अद्भुत दृश्यपलकमा ।
कृश रजनीको दीन मुहार
मलिन फिका सब गहना, हार ॥